राजनीति

व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : मन्त्री खड्का



काठमाडौँ, २५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ट्रङ्कलाइन र डेडिकेटेड समस्या समाधान गर्नका लागि लेखा समितिमै छलफल भएकाले यसको टुङ्गो चाँडो लाग्ने बताएका छन् ।

नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा खाँदबारीमा आयोजित  पत्रकार सम्मेलनमा उनले भने  “व्यवसायीले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ । यसमा सरकार प्रष्ट छ ।”

अपर अरुणको काम चाँडो सुरु हुने पनि उनले बताए । स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिए । “गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल गरिरहेको छु”, उनले भने ।