Banner News

जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल



वीरगञ्ज, २६ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थामा जनशक्तिको अभाव भए पनि मुलुकको आर्थिक अवस्थाले जनशक्ति थप गर्नसक्ने अवस्था नरहेको बताएक छन् । 

मंगलबार नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच विस्तारित क्यान्सर उपचार सेवाको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थामा जनशक्ति थप गर्ने मन भए पनि थप गर्न नसकिने अवस्थामा रहेको स्पष्ट पारेका हुन् । मन्त्री पौडेलले नारायणी अस्पताल व्यवस्थापनलाई पनि स्थानीय स्रोतसाधन र आम्दानीको स्रोत बढाउनेतर्फ पनि ध्यान दिन आग्रह गरे । 

“मन्त्रालय मातहतका सबै स्वास्थ्य निकायमा आवश्यकपर्ने जनशक्ति छैनन् । एकैपटक सय जना डाक्टर र नर्सकोे दरबन्दी सिर्जना गरेर सयौँ जनशक्तिलाई नारायणी अस्पतालमा आबद्ध गराउने मेरो पनि मन थियो । तर राज्यको आर्थिक अवस्थाले अहिले त्यो सम्भव भने देखिँदैन”, मन्त्री पौडेलले भने ।