राजनीति

कांग्रेसको पदाधिकारी बैठक बस्दै



काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ ।

बैठक बुधबार बिहान ८:३० बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ । विशेषगरी कांग्रेस उपसभापति धनराज गुरूङमाथ सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे सामूहिक धारणा बनाउने बैठकको एजेन्डा छ । त्यस्तै सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारेको प्रस्ताव लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने कार्यसूची छ ।