काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठकका लागि परामर्शका लागि सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका हुन् ।
साथै तीन शीर्ष नेताको भेटवार्तामा अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्