काठमाडौँ, २८ भदौ । रौतहटमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ फतुवा विजयपुर नगरपालिका–५ डुमरिया बस्ने ४५ वर्षीय मुक्ति नारायण पटेलको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै खेतमा सिञ्चाईका लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्