काठमाडौँ, २८ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री विद्या भट्टराई र शिक्षा सचिव डा.दीपक काफ्ले, विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनी बिच कार्यसम्पादन करार सम्पन्न भएको छ ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूबिच कार्य सम्झौतासँगै मन्त्री भट्टराईले मन्त्रालयमा शुक्रबार सचिवद्वय काफ्ले र पुडासैनीसहित मन्त्रालय मातहतका सहसचिवहरू तथा विभागीय प्रमुखहरूसँग पनि कार्यसम्झौता करार गरेकी हुन्।
कार्यसम्झौता करारमा हस्ताक्षर गरेपछि मन्त्री भट्टराईले कार्यसम्पादन लक्ष्य प्राप्तिको प्रतिबद्धता र एक अर्काको पारस्परिक सम्बन्ध, कामको दिशा निर्देश गर्ने आकार निर्देश तथा लक्ष्य, सहकार्य र समन्वयको वातावरण तयार गर्ने साथै काम देखिने दस्ताबेज र आम जनतालाई थाहा पाउने व्यवहार भएको उल्लेख गर्दै प्रधानमन्त्री र मन्त्रीबिच भएको कार्यसम्झौता करार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकै एक मार्गनिर्देशन भएको र शिक्षा र विज्ञान जनताको जीवन र दैनिकीसँग तथा कामको प्रभावकारितासँग प्रत्यक्ष जोडिने बताइन्।
प्रतिक्रिया दिनुहोस्