Banner News

एमालेको वार्षिक कार्ययोजना पास



काठमाडौँ, २८ भदौ । नेकपा एमालेले निर्णायक शक्ति बनाउने वार्षिक कार्य योजना पारित गरेको छ । 

आज बसेको एमाले सचिवालयको ३६ औँ बैठकले पार्टीको वार्षिक कार्यायोजना पारित गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । 

जसमा जिल्ला कमिटीको अधिवेशनहरु कात्तिकभित्र गरिसक्ने उल्लेख छ । महासचिव शंकर पोखरेलका अनुसार सबै तहको अधिवेशन मंसिरभित्र गरिसक्ने कार्ययोजना छ । पार्टीमा आएका नेताहरुलाई ३ महिनाभित्र जिम्मेवारी दिने, हरेक सदस्यले वर्षमा एक पटक पार्टी स्कुलमा सहभागी हुनुपर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

२०८४ को चुनावमा बहुमतसहित राष्ट्रिय शक्ति बन्ने लक्ष्य दिएको एमालेले ४० वर्ष मुनिका युवाहरुकको युथ समिट गर्ने निर्णय समेत गरेको छ ।