काठमाडौँ, २९ भदौ । अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखे ढुङ्गाबाट हराएका स्पेनिस पर्यटक ३२ वर्षीय मोलास जुन्का मेसीको अवस्था अझै पत्ता लाग्न नसकेको हो ।
उनीसँगै सम्पर्कविहीन भएका ३७ वर्षीय इरिकका शव दुई दिनपछि स्थानीय भुरुङदी खोलामा फेला परे पनि मोलासको अवस्था अझैसम्म यकिन हुन नसकेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) विरेठाँटी चेकपोस्टका इन्चार्ज यामबहादुर गुरुङले बताए ।
घटनापछि सशस्त्र प्रहरीको गोताखोरको टोलीले विरेठाँटीदेखि घटनास्थल मौजा खोलासम्मको पाँच किमी क्षेत्रमा खोजी गरेको थियो । खोजी जारी राखे पनि केही जानकारी हुन नसकेको इन्चार्ज गुरुङले बताए ।










प्रतिक्रिया दिनुहोस्