राजनीति

स्वास्थ्य सेवालाई चुस्त बनाउनुको विकल्प छैन : मुख्यमन्त्री आचार्य



काठमाडौँ, २९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारीसँगै निजी क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाको उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताएका छन् ।

आज बुटवलमा नेपाल औषधी व्यवसायी सङ्घ जिल्ला शाखा रुपन्देहीको आयोजनामा भएको सम्मान एवम् अ‍ाैषधी व्यवसायीहरूको क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारी अस्पतालको सेवा सुविधालाई सुधार गर्नुको विकल्प नभएको समेत बताए ।

उनले बुटवललाई स्वास्थ्य हब बनाउनका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नयाँ आयाम थप्ने विश्वास समेत व्यक्त गरे । १२ सय शय्याको  अस्पतालले पूर्णता पाएपछि यस क्षेत्रमा अ‍ाैषधी व्यवसाय पनि फस्टाउने उनले बताए । मुख्यमन्त्री आचार्यले हरेक व्यवसायलाई पारदर्शी बनाउन जरुरी रहेको धारणा समेत राखे ।