काठमाडौँ, ३० भदौ । आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।
अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको समितिका सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो ।
राजदूतहरूको सुनुवाइ सकिएकोले अब बस्ने बैठकले उनीहरूको सिफारिसबारे अन्तिम निर्णय गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्