विश्व

रुसी सेनाको सङ्ख्या बढाउन पुटिनद्वारा  आदेश



एजेन्सी, १ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाको मनोबल बढाउन लागेका छन् । उनले सेनामा अरू १ लाख ८० हजार जवानलाई भर्ना गर्न आदेश दिएका छन् । 

योसँगै रुसी सेनामा सक्रिय जवानको सङ्ख्या १५ लाखमा पुग्नेछ । यो भनेको चीनपछि विश्वमै दोस्रो सबैभन्दा ठुलो सेना हुनेछ । चीनको सक्रिय सेना २० लाख छ । सन् २०२२ को सुरुमा युक्रेनसँग युद्ध छेडिएयता रुसले सेनाको सङ्ख्या बढाउन लागेको यो तेस्रो पटक हुनेछ । यो वृद्धिपछि रुसको कूल सेनाको सङ्ख्या भने झन्डै २४ लाख हुनेछ । 

पुटिनले रुसी सशस्त्र बलको कूल सङ्ख्या २३ लाख ८० हजार पुर्‍याउन आदेश दिएका छन् । यीमध्ये सक्रिय सेनाको सङ्ख्या १५ लाख हुनेछ ।