सम्पादकीय

ॐ पितृ देवो भव !



आजबाट सोर्ह श्राद्द सुरू भयो । श्राद्द भनेको आफ्ना पूर्वजहरूलाई श्रद्दा गर्ने हो । उनिहरूको शरिरलाई भन्दा आत्मालाई श्रद्दा गर्ने हो । तपाई हामी भित्र आत्मामा विश्वास वा आत्मविश्वास छ छैन त्यो हाम्रो संस्कार र आस्थाले निर्धारण गर्ने हो ।

हामीले दान दिंदा पनि लिनेले सुख र दिनेले शान्ति पाउने हो । लोभ र मोह हट्दै चित्त सुद्द हुंदै जाने हो । हामी जिवित हुंदा पनि ईन्द्रीय भोग शरिरले नभै आत्माले गर्दछ भन्ने मान्यता छ । कहिले काही पेट खाली छ तर आंतले भोजन हेर्न मन लाग्दैन भने कहिले काहि पेट भरिदा पनि मन भरिदैन । हाम्रो आत्माले देह त्याग गरेपछि एक बर्ष चन्द्रलोकमा र ३ पुस्ता सम्म सूर्यलोकमा बास बस्छ रे । त्यस पछि मोक्ष वा निर्वाणा प्राप्त गर्छ नत्र फेरि पुनर्जन्म हुन्छ र त्यस पछि केहि दिनु पर्दैन भन्ने मान्यता छ ।

जहां सम्म पिण्डदानको कुरा छ । यो पिण्डदान हैन पिण्डमा दान दिने हो । मानिस पनि एटा आकासीय पिण्ड नै हो । हामीले शरिर वा आत्मालाई पिण्डको स्वरुप मानेर त्यसमा बास्नादार खानेकुरा चडाउने र सम्बन्धित तिथिमा पितृहरूले सूर्यको रश्मी मार्फत ग्रहण गर्छन् भन्ने मान्यता रहेको छ । हाम्रो एक बर्ष सूर्यलोकमा एक दिन हुने भएकाले हामीले दिनहुं भोजन गराएको हुन्छ रे । पितृको संस्कार वा जिन हाम्रो शरिरमा भएकाले सिर्फ तिथिका दिन श्रद्दा गर्नु भनेको पितृको रिण वा भारा तिर्नु पनि हो ।

यस विषयमा पनि कुनै दिन विदेशीले विद्यावारिधि गरेर कपिराईट लियो भने हामीले श्राद्द गर्न र दिवंगत ब्यक्तिहरूलाई स्वर्गीय लेखन पनि पैसा तिरेर अनुमति लिनु पर्ने हुन सक्छ । यस तर्फ हाम्रो ध्यान जानु जरूरी छ ।

तेज बहादुर ढकाल