काठमाडौँ, २ असोज । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राप्रपा र नेकपा एकीकृत समाजवादीले विश्वासको मत नदिने भएका छन् । कार्कीले प्रदेशसभामा आज विश्वासको मत लिँदै छन् ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोसी प्रदेशमा गएको साउन ११ गते माओवादी सरकारबाट बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्