मनोरञ्जन

 ‘खुस्मा’ आजबाट हलमा



काठमाडौँ, ३ असोज । नेपाली कथानक चलचित्र ‘खुस्मा’ आजबाट प्रदर्शनमा आएको छ ।

संविधान दिवसको अवसर पारेर ‘खुस्मा’ आजबाट प्रदर्शनमा आएको हो । सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका छन् । 

चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरीसँगै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।