अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ असोज । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५५ हजार ६ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।