समाचार

चितुवाको छालासहित एक युवक पक्राउ



काठमाडौँ, ५ असोज । चितुवाको छालासहित बझाङबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ७ः३० बजे  जयपृथ्बी नगरपालिका–१० चैनपुर बजार बस्ने खगेन्द्र राज जोशीलाई चितुवाको छालासहित पक्राउ गरिएको हो । 

प्रहरीले शङ्का लागि चेकजाँच गर्ने क्रममा निजले हातमा बोकेको सिमेन्टको कठ्ठा भित्र लुकाई छिपाई राखेको टाउकोदेखि पुच्छरसम्मको लम्बाई ८ फिट २ इन्च र छातीको चौडाइ ३ फिट २ इन्च भएको सेतोमा कालो, खैरो रङ्गको बुट्टा भएको दाँत र पन्जा सहितको चितुवाको छाला फेला पारी बरामद गरेको हो । 

जोशीलाई पनि पक्राउ गरी थप अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।