विश्व

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार



काठमाडौँ, ६ असोज । भारतमा एक दलित नाबालिकालाई मादक पदार्थ खुवाएर तीन जनाले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । घटनाका आरोपितहरू भने फरार छन् ।

उनीहरूले बालिकालाई कारमा लिएर सामूहिक बलात्कार गरी सडक छेउमा फालिदिएको मथुरा जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिकाका बाबुको उजुरीका आधारमा आरोपितविरुद्ध किटानी जाहेरी दर्ता गरिएको र तीनै जनालाई पक्राउ गर्ने प्रयास भइरहेको छ । १३ वर्षीया बालिकालाई स्वास्थ्य परीक्षणका लागि जिल्ला महिला अस्पताल पठाइएको र त्यसपछि म्याजिस्ट्रेटसमक्ष बयान लिइने प्रहरी उपरीक्षक (ग्रामीण) त्रिगुण बिसेनले जानकारी दिए ।