राजनीति

प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता



न्यूयोर्क, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिनेक्रममा नेपालका प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच न्यूयोर्कमा भेटवार्ता भएको हो ।

राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो ।