राजनीति

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौँमा



काठमाडौँ, ७ असोज । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् ।

साेमबार बिहान काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका छन् । राजपाक्षे डुक एयरको उडान नम्बर ४०० बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । 

पत्नीसहित नेपाल आएका राजपाक्षे सहभागी हुने कार्यक्रमहरूमा सुरक्षा व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए । राजपाक्षे चितवन पनि जाने कार्यक्रम रहेको बताइएको छ ।