राजनीति

त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा



काठमाडौँ, ८ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले मौका परीक्षाको अवसर पाउने भएका छन् । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले सो निर्णय गरेको हो ।

समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एकपटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।