राजनीति

प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता



अमेरिका, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका बेला प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच मंगलबार भेटवार्ता भएको हो । 

त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले मुख्यालयमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए भने मंगलबारै यूएसएआईडीका प्रमुख सामन्थ पावरसँग पनि भेटवार्ता भएको थियो ।