राजनीति

राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश



काठमाडौँ, ९ असोज । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

आज राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

अध्यक्ष विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०– ८१ को आयोगको वार्षिक प्रतिवेदन पेस गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।