राजनीति

एकीकृत समाजवादीका नेताको कार्यविभाजनमा जुटेन सहमति



काठमाडौँ, १० असोज । नेकपा (एकीकृत समाजवादी)का नेताहरूको कार्यविभाजनबारे नेताहरूबिच सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा करिब ३ घण्टा बसेको कार्यदल बैठकमा कार्य विभाजनबारे सामान्य छलफल भए पनि कुनै निर्णय नभएको सो पार्टीको प्रचार विभागले जनाएको छ ।

प्रचार विभागका पूर्वसदस्य धनराज वास्तविकले बिहीबारको बैठकमा सामान्य छलफल मात्र भएको बताए । उनले निरन्तर बैठक बस्ने गरी नेताहरू उठेको जानकारी दिए । ‘भोली र पर्सी लगातार बैठक बस्ने कुरा छ’, वास्तविकको भनाइ छ ।