काठमाडौँ, ११ असोज । सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन गरिएको छ ।
आइतबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक सोही दिन बिहान ९ बजेका लागि बोलाइएको कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।
विज्ञप्तिमा उनले लेखेका छन्, ‘आइतबार दिनको २ः ०० बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्ने भनिएकोमा उक्त बैठक २०८१ असोज १३ गते बिहान ९ : ०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ‚’।
प्रतिक्रिया दिनुहोस्