राजनीति

उद्दार तथा राहतमा खट्न एमालेको निर्देशन



काठमाडौँ, १२ असोज । नेकपा एमालेले अविरल वर्षाका कारण देशभर भइरहेको मानवीय संकट समाधान गर्न आ–आफ्नो ठाउँबाट सुरक्षित रही उद्दार तथा राहतमा खटिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

हिजोदेखी आएको अविरल वर्षाका कारण देशभर बाढि पहिरो तथा धनजनको क्षती भइरहेकोमा दुःख व्यक्त गर्दै एमालेका महासचिव शंकर पोखरेलले थप मानवीय तथा भौतिक क्षती हुन नदिने गरी स्वयम सेवकको भूमिका निर्वाह गर्न अपिल गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘अविरल वर्षा र बाढी पहिरोको कारणले विभिन्न स्थानमा जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । मानवीय र भौतिक क्षति भएको छ । सडक भासिएको तथा पहिरोको कारणले यात्रुहरुको विचल्ली समेत भएको छ । आ(आफ्नो पायक पर्ने ठाउमा सुरक्षित तरिकाले राहत र उध्दारमा जुट्न अनुरोध छ ।’