Banner News

काठमाडौँ उपत्यकामा ३२ जनाको मृत्यु, १२ जना बेपत्ता



काठमाडौँ, १२ असोज । निरन्तरको वर्षाका कारण निम्तिएको विपद्‌का घटनाका कारण काठमाडौँ उपत्यकामा ३२ जनाको मृत्यु भएको छ । आज दिउँसोसम्म काठमाडौँमा ११, ललितपुरमा १६ र भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका हुन् ।

यसैगरी, काठमाडौंमा १०, ललितपुरमा पाँच र भक्तपुरमा दुई जना गरी जम्मा १७ जना घाइते भएका छन् । यस अवधिमा उपत्यकाबाट एकहजार ५३ जनाको उद्दार गरिएको छ ।

यस्तै, काठमाडौँमा एक र ललितपुरमा ११ गरी कुल १२ जना बेपत्ता छन् । उद्धारकार्यका लागि उपत्यकामा चारहजार ५१० जना प्रहरी परिचालन गरिएको छ ।