Banner News

बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता 



काठमाडौँ, १२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले  लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको  क्षतिबारे चासो र चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन् ।

उनले देशका विभिन्न स्थानमा बढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दे उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनि दिएको सचिवालयले जनाएको छ । साथै राष्ट्रपति पोडेलले विपदको यस क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिल पनि गरेका छन् ।