समाचार

पहिरोमा परी एन्फा एकेडेमीका तीन खेलाडीको मृत्यु



काठमाडौँ, १२ असोज । पहिरोमा परेर एन्फा एकेडेमीका तीन खेलाडीको मृत्यु भएको छ भने तीन खेलाडी बेपत्ता छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत मकवानपुरको सिस्नेरी एकेडेमीका ६ खेलाडी शनिबार पहिरोमा परेका हुन् ।

६ मध्ये तीनजनाको शव भेटिएको र तीन बेपत्ता रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए ।