Banner News

बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय



काठमाडौँ, १२ असोज । सरकारले लगातारको वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बाढी, पहिरो र डुबानमा परेर घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।