Banner News

सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय



काठमाडौँ, १२ असोज । सरकारले सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । 

आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आपत्कालीन समन्वयात्मक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।

अविरल परेको वर्षाका कारण विपद्मा परेका नागरिकलाई उद्धार र राहतमा सरकारले प्राथमिकतामा राखेको उनले बताए । साथै प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले विपद्मा परेर घाइतेहरू भएकाहरूलाई नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ ।