समाचार

तिलगंगामा एक जनाको शव फेला



काठमाडौँ, १३ असोज । राजधानीको तिलगंगामा एक जनाको शव फेला परेको छ ।

काठमाडौँ महानगरपालिका वडा वडा नम्बर ८ स्थित तिलगंगाको क्रियापुत्री घर पछाडि बागमतीको पुलमा सशस्त्र प्रहरीको टोलीले शव फेला पारेको हो ।  

 सशस्त्र प्रहरी  बल मन्दिर सुरक्षा बेस पशुपतिनाथबाट खटिएको टोलीले उक्त शव फेला पारेको हो । उक्त शवको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।