काठमाडौँ, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।
असोज १० देखि १२ गतेसम्म परेको वर्षाले काठमाडौँ उपत्यकासहितका जिल्लामा जनधनको ठुलो क्षति भएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत राहत प्याकेज घोषणा गर्न लागेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बाढीपहिरो र डुबानबाट भएको क्षतिको विवरणसमेत सार्वजनिक गर्ने र राहत प्याकेज घोषणा गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्