Banner News

राष्ट्रपतिले बाढीपहिरो पीडितका लागि एक महिनाकाे तलब सुविधा उपलब्ध गराउने



काठमाडौँ, १६ असोज । राष्ट्रपति रामचन्द्र पाैडेलले बाढीपहिरो पीडितलाई राहतका लागि स्थापना भएको दैवी प्रकोप राहत काेषमा एक महिनाकाे तलब सुविधा उपलब्ध गराएका छन् ।

यसैगरी, उनका विज्ञ सल्लाहकारहरूले एक हप्ताको तलब सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ अनुसार राष्ट्रपतिको मासिक पारिश्रमिक एक लाख ५० हजार ४५० रुपैयाँ हुन्छ ।