काठमाडौँ, १८ असोज । सिन्धुलीमा शुक्रबार हायस माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज बिहान करिब ४ः२० बजे काठमाडौँबाट मोरङतर्फ जाँदै गरेको बा५ख ६६१८ नम्बरको हायस दुर्घटना हुँदा १५ जना घाइते भएको र घाइतेको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।
दुर्घटनालगत्तै उद्धार गरी घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि घाइते १५ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ ।
हायसमा १९ जना सवार थिए । अरू चारजनाको अवस्था सामान्य रहेको र उनीहरू अर्को गाडीमार्फत आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् । हायस सडकछेउको नालामा खसेर भित्ता ठोक्किई दुर्घटना भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्