समाचार

६९ जनाद्वारा रक्तदान



भक्तपुर, १९ असोज । प्राकृतिक विपत्तीका कारण रगतको अभाव हुन नदिने उद्देश्यका साथ गुण्डुमा ६९ जनाद्वारा रक्तदान गरिएको छ । विकास संरक्षण तथा प्रवद्र्धन अभियानले आज सूर्यविनायक नगपालिका वडा नं. ७ मा आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ६९ जनाले रक्तदान गरेका हुन ।

सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसात् गर्दै रगतको अभावका कारण भक्तपुरवासीले अकालमा नै ज्यान गुमाउनु नपरोस् भन्ने लक्ष्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको अभियानका संयोजक दिनेश थापाले बताउनुभयो । केही दिन अघि आएको बाढी पहिरोका कारण देशका धेरै ठाउँहरु डुवान, पहिरो लगायतका भौतिक, मानवीय तथा जनजीवन समेत अस्तव्यस्त हुँदा भक्तपुर पनि अछुतो रहन नसकेका कारण प्राकृतिक विपत्तीका कारण उत्पन्न दुःखद् परिस्थितीलाई केही मात्रामा भएपनि सहजता पैदा गर्न रक्तदान अयोजना गरिएको बताइएको छ ।

संयोजक थापाले भन्नुभयो, ‘जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । त्यसैले रक्तदान गरौं र अमूल्य जीवन बचाऔं भन्ने तथ्यलाई आत्मासाथ गर्दै यस विपत् को घडीमा रहेको रगतको अभावलाई पुर्ति गर्ने उदेश्यका साथ विकास संरक्षण तथा प्रवर्धन अभियानद्वारा रक्तदान कार्यक्रममा आयोजना गरिएको हो । जसमा आफ्नो अमुल्य रक्तदान गर्नुहुने ६९ जना दानवीरहरु प्रति आयोजको तर्फबाट हार्दिक नमन व्यक्त गर्दछौं । हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । तसर्थः खेरा जाने रगतलाई मानवीय सेवाको भावलाई विकास गरौं, समाजमा हातेमालो गरौं ।’

कार्यक्रममा नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत, एमाले जिल्ला अध्यक्ष बचन देउजा लगायतका नेता, कार्यकर्ता, समाजसेवी तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।