काठमाडौँ, २० असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले गएको बाढीपहिरो र डुबानका कारण क्षति पुगेकोमा राहत उपलब्ध गराउन उक्त सहयोग गरेको जनाएको छ । गत असोज १० गतेदेखिको अविरल झरीका कारण काठमाडौं उपत्यकालगायत देशभर बाढीपहिरो र डुबानले गरेर ठूलो जनधनको क्षति पुर्याएकोमा बैंकले राहत स्वरुप सरकारलाई पीडितलाई सहयोग गर्न उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उक्त रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे ।
प्रतिक्रिया दिनुहोस्