राजनीति

नेपाल वायुसेवाको न्यारोबडीले काठमाडौँ-भैरहवा उडान गर्ने



काठमाडौँ, २१ असोज । सरकारको निर्देशनमा नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं चार्टर उडान गर्ने भएको छ ।

चार्टर उडानका लागि निगमले आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुमति मागेको छ । प्राधिकरणले आइतबार साँझसम्म निगमलाई अनुमति जारी गरी नसकेको सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । निगमले एक दिनका लागि १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानलाई भैरहवा पठाउन लागेको हो । निगमले प्राधिकरणले अनुमति जारी गरेपछि टिकट बिक्री खुला गर्ने जनाएको छ ।