समाचार

बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ जना पुग्यो



काठमाडौँ, २१ असोज । वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ जना पुगेको छ ।

नेपाल प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार १८ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । त्यस्तै एक सय ७८ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी पाँच वटा जिल्लामा धेरै जनाकाे ज्यान गएकाे छ। जसमध्ये काभ्रेमा सबैभन्दा धेरै ७८ ज्यान गएको छ । यस्तै ललितपुरमा ४६, धादिङमा ३९, काठमाण्डौमा १९, सिन्धुपाल्चोकमा १० जनाकाे ज्यान गएकाे नेपाल प्रहरीले जनाएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ ।