काठमाडौँ, २२ असोज । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषबाट लाभांश घोषणा गरेको छ ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरिएको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्