काठमाडौँ, २५ असोज । रोल्पामा जीप दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।
प्रहरीका अनुसार माडी गाउँपालिका वडा नम्बर ४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको हो ।
रिजावाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४ आरुवा भन्ने स्थानमा बिहीबार राति दस बजेतिर दुर्घटनामा परेको थियो ।
दुर्घटनाको खबरपछि प्रहरी राति १२ बजेतिर मात्रै घटनास्थल पुगेको थियो । सडकबाट ६५ मिटर तल खसेको जीपबाट प्रहरीले स्थानीयको सहयोगमा अचेत अवस्थाका अर्जुनलाई उद्धार गरी स्थानीय मेडिकलमा पुर्याएका थिए ।
त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल रेउघा पठाएकोमा चिकित्सकले बिहान सवा २ बजेतिर मृत घोषणा गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्