काठमाडौँ, २५ असोज । सभामुख देवराज घिमिरेले दसैँको टीका त्रयोदशीका दिन मात्रै लगाउने भएका छन् ।
घिमिरेको सचिवालयले दिएको जानकारी अनुसार पारिवारिक शोकका कारण सभामुख देवराज घिमिरेले उक्त दिन टीका ग्रहण गर्ने भएका हुन् ।
९३ वर्षीया आमा भीमकुमारी घिमिरेको हातबाट असोज २९ गते मात्रै उनले टीका लगाउने छन् । सभामुख घिमिरेले प्राकृतिक विपत्तिका कारण झापामा हुने दसैँको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेका हुन् । उनले संघीय संसद् सचिवालयले बर्सेनि आयोजना गर्दै आएको दसैँको शुभकामना आदान प्रदान कार्यक्रम पनि राष्ट्रिय शोक कारण यस वर्ष रद्द गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्