काठमाडौँ, २८ असोज । नेकपा एमाले नेता बिन्दा पाण्डेले पार्टी कार्यालय बनाउन व्यपारीबाट सहयोग लिनु गलत भएकी बताएकी छन् ।
पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यसले साढे ५ लाख पार्टी सदस्यको शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको उनले बताइन् ।
व्यवसायी मीनबहादुर गुरुङले दान दिएको कीर्तिपुरको १४ रोपनी बढी जग्गामा एमालेले पार्टी कार्यालय बनाउँदैछ । २५ असोजमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । एमाले नेताहरुका अनुसार भवन निर्माण पनि व्यवसायी गुरुङले नै गरिदिने छन् ।
एमाले स्थायी कमिटी सदस्य पाण्डले पार्टीको यो कदमको विरोध गरेकी छन् । ‘राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुबै गलत हो’, पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।
प्रतिक्रिया दिनुहोस्