समाचार

९ जना जुवाडे पक्राउ



काठमाडौँ, २९ असोज । जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका-४ बजारस्थित हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ४० वर्षीय उत्तम बहादुर विष्ट समेत ९ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ३ सय ९० रुपैयाँ र २ सय ८ पत्ति तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।