काठमाडौँ, २९ असोज । नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।
बैंकले चालु आर्थिक वर्षको दुई महिनाको तथ्याङ्कमा आधारमा आर्थिक स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।
जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तै आयात १.१ प्रतिशतले बढेको छ भने निर्यात ५.१ प्रतिशतले घटेको छ । यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढ्दा शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको बैंकले जनाएको छ ।
पूर्णपाठ:
प्रतिक्रिया दिनुहोस्