बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने गरी तयारी भइरहेको बताएका छन् ।
गृह जिल्ला बैतडीमा आयोजित दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा भण्डारीले एउटा उद्योगले धेरै मान्छेलाई रोजगारी दिन सक्ने बताउँदै सरकारी मात्र नभई निजी उद्योगलाई पनि संचालनमा ल्याउन सहयोग गर्ने बताए । नतिजा देखिने गरि काम गर्न मन्त्रालयहरुबीच प्रतिश्पर्धा चलिरहेको बताउँदै मन्त्री भण्डारीको उद्योग मन्त्रालय अगाडि आउने दाबी गरे ।
उनले भने, ‘अबको एक महिनाभित्रमा हिजो लामो समयदेखि बन्द अवस्थामा रहेका उद्योगहरुलाई संचालनमा ल्याउने तयारी गरेका छौं । त्यसका लागि धेरै चरणमा छलफल र तयारी पूरा गरेका छौं। यी उद्योगहरु संचालन प्रक्रियाका लागि सुचना आह्वान गर्छौं । स्टार्टअपका लागि यो बर्ष एक अर्ब रकम बिनियोजन गरेका छौं। करिब ५ सय जनालाई न्युन ब्याजदरमा रकम उपलब्ध गराउछौं। यो कार्यक्रमलाई युवा, महिलालक्षित आकर्षक कार्यक्रमको रुपमा अघि बढाउछौं । हामीले धेरै मेहेनत गरेर मन्त्रालयको कार्ययोजना बनाएका छौं। शतप्रतिशत त म भन्दिनँ, त्यसको आसपासमा हाम्रो नतिजा देखिन्छ।’
प्रतिक्रिया दिनुहोस्