काठमाडौँ, ३० असोज । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका-३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको हो । गम्भीर अवस्था डडेल्धुरा अस्पताल पुगाइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्