समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, १ कार्तिक । चितवनको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार चितवनको भरतपुर महानगरपालिका-४ नवदुर्गा चोकमा प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको  हो । उक्त मोटरसाइकल ना.२५ प ५७९९ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई कारमा समेत ठोक्किएर दुर्घटना भएको थियो । साथै ना. २५ प ५७९९ नम्बरको मोटरसाइकल चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।