राजनीति

मीनबहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो छैन : शङ्कर पोखरेल



काठमाडौँ, १ कार्तिक । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले व्यवसायी मीनबहादुर गुरुङ जोडिएको बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरणसँग एमालेलाई दान दिएको कीर्तिपुरको जग्गासँग कुनै साइनो नभएको बताएका छन् ।

आज बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी कार्यालय बनाउन जग्गा चाहिएकाले गुरुङसँग १० रोपनी १४ आना जग्गा एमालेले सहर्ष स्वीकार गरेको बताएका हुन् ।

उनले भने, ‘उद्योगी मीनबहादुर गुरुङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लिएको कीर्तिपुरको जग्गाको कुनै साइनो छैन । उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो । हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ’ ।