समाचार

टिपर दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, २ कार्तिक । दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार घोराहीबाट थारा तर्फ जाँदै गरेको रा १ ख १८५७ नम्बरको खाली टिप्पर आज बिहान १ बजेतिर दुर्घटना हुँदा गढवा गाउँपालिका – ७ का २९ बर्षीय प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको हो । 

घोराही–तापासडक खण्ड अन्तर्गत बंगलाचुली गाउँपालिका– ४  जुम्लेपानीमा  टिपर दुर्घटनामा परेको थियो ।

टिपर सडकदेखि करिब ८०  मिटर तल खसेको छ । चालकको शव पोष्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ। प्रहरीका अनुसार टिपरमा चालक एक्लै सवार रहेको बुझिएको छ ।

चालकको घटनास्थलमै मृत्यु भएको हुँदा दुर्घटनाको कारण खुलिनसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।