अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६४ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।